थपिए ३१५ जना नयाँ कोरोना सङ्क्रमित , कुल संक्रमितको संख्या २० हजार नाघ्यो

३ बर्ष अगाडि

नेपालमा बितेको पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ५६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

यस्तै पछिल्लो २४ घण्टामा  ९३ जना सङ्क्रमणबाट निको भएको बताइएको छ। अहिलेसम्म ७२  प्रतिशतभन्दा बढी रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,३३८ व्यक्ति देशभरि आइसोलेशनमा छन्।

गएको २४ घण्टामा पीसीआर विधिबाट ६,९९३ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३,८२,४९० रहेको छ।

कुल निको हुनेको सङ्ख्या १४,४९२ रहेको छ। अहिले देशभरिका क्वारन्टीनमा ११,५३३ जना छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया