पासपोर्ट छाप्न ४ कम्पनीको प्रस्ताव

३ बर्ष अगाडि

राहदानी विभागले ई–पासपोर्ट छाप्न आह्वान गरेको ठेक्कामा चार विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । विभागले चारै कम्पनीको प्रस्ताव शुक्रबार खोलेको हो । विभागले तीन वर्षमा २० लाख ई–पासपोर्ट छाप्ने गरी ठेक्का सूचना निकालेको थियो ।
चारै कम्पनीको आर्थिक प्रस्ताव खोले पनि आर्थिक, प्राविधिक र अनुभव पक्षको मूल्यांकनका लागि करिब दुर्ई साता लाग्ने विभागले जनाएको छ । पासपोर्ट छाप्न फ्रान्सेली कम्पनी आइडेमिया, अमेरिकी कम्पनी एचआईडी ग्लोबल, चिनियाँ कम्पनी आइसिनो र जर्मनी कम्पनी मुलबर आईडी सर्भिसेजले प्रस्ताव हालेका छन् ।
विभाग स्रोतका अनुसार आर्थिक प्रस्तावमा सबैभन्दा कम मूल्यको प्रस्ताव जर्मनी कम्पनी आइडेमियाको छ । राजधानी दैनिकमा खबर छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया