सुनको मूल्य एक लाख नजिक

३ बर्ष अगाडि

साउन २० गते मंगलबार सुनको मूल्य वृद्धि भई एक लाख नजिक पुगेको छ ।

सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन तोलामा २०० रुपैयाँले बढेको हो । 

नेपाल सुन चाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य अन्तराष्ट्रिय बजारमा नै बढेकाले नेपाली बजारमा पनि ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

आइतबार र सोमबार सुन प्रतितोला ९९ हजार ६०० रुपैयाँसम्म पुगेको थियो ।

चाँदीको भाउ भने मंगलबार पनि स्थिर रहेको छ । आइतबार र सोमबार एकै मूल्यमा खरिदबिक्री भएकोमा मंगलबार पनि चाँदी प्रतितोला एक हजार २३० रुपैयाँ तोकिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया