लिवर्टी इनर्जीको आईपीओः आवेदन दिने आज अन्तिम दिन

३ बर्ष अगाडि

काठमाडौं – आयोजना प्रभावित स्थानीहरुलाई बिक्री खुल्ला गरिएको लिवर्टी ईनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा साउन ७ गतेदेखि साउन २१ गतेसम्म लमजुङका बासिन्दाहरुलाई प्रतिकित्ता १०० का  दरले १५ लाख कित्ता आईपीओ बिक्री मा ल्याएको थियो । त्यसमा आज बैंकिङ समय पश्चान बिक्री बन्द गरिने बताइएको छ  

कम्पनीले गत फागुन २७ गतेदेखि आयोजना प्रभावित स्थानीयहरुलाई १५ लाख कित्ता आईपीओ  बिक्री गर्न लागेकोथियो । तर, कोरोना भाइरसले उब्जाएको परिस्थीतिका कारण त्यो स्थगित गरिएको थियो । 

कम्पनीले निष्काशन गर्न लागेको कुल शेयर मध्ये लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुले ५ लाख कित्ता र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं. ११ का स्थानीइलाई ५ लाख कित्ता आईपीओ पाउने छन् । यस्तै, लमजुङ्ग जिल्लाका सम्पूर्ण बासिन्दाहरुले बाँकी रहेको ५ लाख कित्ता पाउने छन् । स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिक्तम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
  
कम्पनीले शेयर बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग दिएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया