बिहीबार पनि सुनको मुल्यले तोड्यो रेकर्ड :प्रतितोला १ लाख २ हजार ५ सय

३ बर्ष अगाडि

बिहिबार पनि नेपाली बजारमा सुनको मुल्यले ऐतिहासकि नयाँ रेकर्ड कायम गरेको छ ।

पछिल्लो समय स्थानीय बजारमा सुनको मुल्यले एकपछि अर्कौ गर्दै ऐतिहासिक रेकर्ड कायम गर्दैआइरहेको छ ।

बुधबार छापाबाला सुन प्रतितोला १ लाख १ हजार ४  सयमा कारोबार भएको थियो भने आज बिहिबार बढेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयामा पुुगेर हाल सम्मकै उच्च बिन्दुमा रहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ। 

त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपैयामा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य हालसम्मकै उच्च हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया