लकडाउनमा राष्ट्र बैंकले व्याजमा छुट दिने घोषणा गर्यो, तर ७१.६ प्रतिशत व्यवसायीले पाएनन् छुट

३ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरस नियन्त्रण सरकारले लकडाउन लगाएपछि नेपाल राष्ट्र बैंकले उद्योगी तथा व्यवसायीलाई लक्षित गरि व्याजमा छुट दिने घोषणा गर्यो । लकडाउनले उद्योग व्यवसायी धरासायी भएपछि राष्ट्र बैंकले यस्तो सुविधा दिने घोषणा गरेको थियो । तर, त्यस्तो सुविधा ७१.६ प्रतिशत उद्योगीले नपाएको पाइएको छ । 

नेपाल राष्ट्र बैंकले नै गरेको एक सर्वेक्षणले सो बराबरका उद्योगीले यस्तो सुविधा नपाएको देखाएको छ । राष्ट्र बैंककाअनुसार करिब १७.३ प्रतिशत उद्योगी÷व्यवसायीले मात्र ब्याज छुट प्राप्त गरेका छन् । 
यस्तै, ११.१ प्रतिशतले उद्योगी व्यवसायीले भने सो सुविधा लागू नहुने  बताएका छन् । 

ब्याज छुट प्राप्त गर्नेमा सबैभन्दा धेरै ३५.१ प्रतिशत कृषि, वन तथा मत्स्यपालन क्षेत्रका र सबैभन्दा कम १०.१ प्रतिशत अन्य क्षेत्रका उद्योग÷व्यवसायहरु रहेको देखिएको छ । सञ्चार क्षेत्रका कुनै पनि उद्योग÷व्यवसायहरुले यो सुविधा प्राप्त नगरेको देखिएको छ । यद्यपि ब्याज छुटको त्रैमासिक समायोजन असार मसान्तमा मात्रै हुने भएकोले सर्वेक्षण समयताका ब्याज छुटको यथार्थ अवस्था नआएको हुन सक्ने सर्वेक्षणले देखाएको छ ।
व्याज छुट प्राप्त गर्नेमा साना र मझौला उद्योग÷व्यवसाय सबैभन्दा अगाडी देखिएको राष्ट्र बैंकको भनाइ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया