प्रचण्डको सुरक्षा घेरामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

३ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

परिवारका सदस्यहरू, सुरक्षाकर्मीहरू र सचिवालयका सदस्यहरूले कोभिड–१९ स्वाब परीक्षण गर्दा, बाहिरी घेरामा रहने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको हो ।

प्रचण्डका परिवार, सचिवालय र अन्य सुरक्षाकर्मीको भने कोरोना भाइरस परीक्षण रिर्पोट नेगेटिभ आएको  प्रचण्डकी छोरी गंगा दाहालले बताइन् ।  

प्रचण्ड, उनका परिवारका सदस्यहरूसहित ५३ जनाको निजी प्रयोगशालामा परीक्षण परिक्षण गरिएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया