कोरोना कारण नेपालमा हालसम्म ६५ जनाको मृत्यु , आज मात्र थपिए ३६० जना नयाँ सङ्क्रमित

३ बर्ष अगाडि

आज  नेपालमा  बितेको २४ घण्टामा कोरोनाभाइरसका कारण पाँच जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी  दिएको छ।

एकै दिन पुष्टि भएको यो सर्वाधिक सङ्ख्यामा मृत्यु हो। यससँगै अहिलेसम्म कोरोना कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६५ पुगेको छ।

नेपालका विभिन्न स्थानमा थप ३६० जनामा कोभिड १९ पुष्टि भएको छ।

योसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,७५० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ६,२९६ छ।

विगत २४ घण्टामा पीसीआर विधिबाट ६,६२२ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा २३३जना निको भएका छन् भने भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १५,००० नाघेको छ।

अहिलेसम्म गरिएको पीसीआर परीक्षणको सङ्ख्या चार लाख नाघेको छ।

अहिले देशभरि विभिन्न स्थानमा ९,४७० मानिसहरू क्वारन्टीनमा छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया