फेरि बढ्यो सुनको भाउः तोलाकै १ लाख ३ हजार ५ सय

३ बर्ष अगाडि

आज शुक्रबार पनि सुनको मुल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

पछिल्लो समय स्थानीय बजारमा सुनको मुल्यले एकपछि अर्कौ गर्दै ऐतिहासिक रेकर्ड कायम गर्दैआइरहेको छ ।

शुक्रबार सुनको मूल्य एकैदिन १ हजारले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।यसअघि सुनको मुल्यले बिहिबार नयाँ रेकर्ड कायम गरेको थियो। पछिल्लो समय सुन अनपेक्षित रूपले बढ्दै गएको छ।

बिहिबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयामा कारोबार भएको थियो भने आज शुक्रबार बढेर १ लाख ३ हजार ५ सय रुपैयामा पुुगेर हाल सम्मकै उच्च बिन्दुमा रहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ। 

त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख ३ हजार रुपैयामा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य हालसम्मकै उच्च हो ।सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ।

विश्वव्यापी रूपमा फैलिएको (कोभिड–१९ ) कोरोना भाइरसका कारण सुनको मूल्यमा असर परेको महासंघले बताएको छ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया