अघिल्लो आवमा घाटामा रहेको घरेलु लघुवित्तले अहिले नाफामा, यस्तो छ वित्तिय अवस्था ?

३ बर्ष अगाडि

काठमाडौं – अघिल्लो आवमा घाटामा रहेको घरेलु लघुवित्त वित्तिय संस्थाले गत आव २०७६÷७७ मा रु. ६ लाख ६७ हजार नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
अघिल्लो आवमा यो लघुवित्त रु. २१ लाख ४५ हजारले घाटामा थियो । समिक्षा अवधीसम्म लघुवित्तले रु. ४ करोड ५५ लाख ६९ हजार निक्षेप संकलन भएको छ । यस्तै, समिक्षा अवधीमा लघुवित्तले २१ करोड ६४ लाख ७७ हजार रूपैयाँ कर्जा विस्तार गरेको छ ।
प्रवाहित कर्जाबाट लघुवित्तले समिक्षा अवधीमा रु. ३ करोड ८ लाख कुल व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद आम्दानी भने रु. १ करोड ७६ लाख रहेको छ । 
हाल लघुवित्तको चुक्तापुँजी रू. ७ करोड ३ लाख ५० हजार रहेको छ । लघुवित्तको जगेडा भने १४ लाख ७७ हजारले घाटा रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया