आईपीओ निष्काशन गर्न लागेको रिलायन्स लाइफको नाफा कति ? यस्तो छ वित्तिय विवरण

३ बर्ष अगाडि

काठमाडौं – आईपीओ निष्काशनको प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत रू. ४ करोड ३३ लाख ७६ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको बीमांकीय मुल्यांकन पछि नाफा अझै बढ्ने छ । कम्पनीले अघिल्लो आवमामा २ करोड ९२ लाख १९ हजार खुद नाफा कमाएको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ४७ करोड रहेको छ । साथै, ६३ करोड आईपीओ निष्काशन गर्न हालै धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 
कम्पनीले समिक्षा बर्षमा १ अर्ब ४१ करोड ३३ लाख कुल बीमाशुल्क स.कलन गरेको छ । कम्पनीको हालसम्मको बीमाशुल्क संकलन भने २ अर्ब २४ करोड रहेके छ । 
यस्तै, कम्पनीले हालसम्म १७ हजार ८८९ ओटा बीमालेख जारी गरको छ । समिक्षा बर्षमा कम्पनील  ३७ जनालाई ७ करोड ३८ लाख ७८ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ । 
हाल कम्पनीको बीमा कोषमा रु. १ अर्ब १४ करोड रुपैयाँ रहेको छ । यस्तै जगेडा कोषमा १४ करोड ३२ लाख ७८ हजार रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया