हिमालय उर्जा कम्पनीको नाफामा ४२ लाख, प्रतिशेयर आम्दानी भने ०.४३ मात्र

३ बर्ष अगाडि

काठमाडौं – अघिल्लो आवमा घाटामा रहेको हिमालय उर्जा विकास कम्पनीले गत आवमा रु. ४२ लाख ९० हजार खुद नाफा कमाएको छ । कम्पनीले हाल सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
अघिल्लो आवमा उक्त कम्पनी ६ लाख ६३ हजारले घाटामा थियो । कम्पनीले समिक्षामा विद्युत विक्री गरेर ६६ लाख ३९ हजार आम्दानी गरेको छ । त्यसमा कम्पनीको प्रशासनमा १५ लाख ४ हजार खर्च भएको देखिन्छ । 
हाल कम्पनीको चुक्तापुँजी ९९ करोड रुपैयाँ रहेको छ । कम्पनीको वित्तिय विवरणअनुसार कम्पनीको प्रति शेयर आम्दानी ०.४३ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ ९९.१४, प्रतिशेय कुल सम्पत्तिको मुल्य ३२२.२२, मुल्य आम्दानी अनुपात २००.७६, तरलता अनुपात १.०५ रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया