राजधानीमा १०६ सहित देशभर ४६४ जनामा कोरोना पुष्टि

३ बर्ष अगाडि

पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ ।

७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा  कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

शुक्रबार राजधानी काठमाडौं उपत्यकामा मात्रै १०६ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ ।
ति मध्ये काठमाडौं जिल्लामा मात्र ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया