१ लाख  प्रवासी मजदूरहरुलाई रोजगारी दिँदै सोनू सूद

३ बर्ष अगाडि

कोरोनाको संकटमा अभिनेता सोनू सूदले गरेको कार्यको निकै प्रशंसा भइरहेको छ । हजारौं प्रवासी मजदूरहरुलाई घर पुर्‍याउन सोनूले ठूलो भूमिका निर्वाह गरेका छन् । अब उनले प्रवासी मजदूरहरुलाई रोजगारीको अवसर पनि दिने भएका छन् । सोनू स्वयंले ट्वीट गर्दै यसको जानकारी दिएका हुन् । उनले मजदूरहरुलाई रोजगारी दिन एइपिसी कम्पनीसँग सहकार्य गरेका छन् ।
 
सोनूले ट्वीट गर्दै भनेका छन्, ‘जहाँ इच्छा, त्यहाँ मार्ग हुन्छ । मेरा प्रवासी भाईहरुका लागि मैले एइपिसीसँग साझेदारी गरेको छु । प्रवासी रोजगार डटकमको माध्यमबाट देशभर अपेरल म्यान्युफ्याक्चर‍िङ र एक्सपोर्ट कम्पनीमा एक लाख रोजगारी दिने ठूलो सम्झौता भएको छ ।’ यसअघि आफ्नो जन्मदिनको अवसरमा सोनूले तीन लाखलाई रोजगारी दिने घोषणा गरेका थिए । 
 
कोरोना र बाढी जस्तो प्राकृतिक विपत्तका कारण रोजगारी गुमेपछि मानिसहरु सडकमा आएका छन् । सोनू सूदले भने उनीहरुलाई घर पुर्‍याउनेदेखि उनीहरुको रोजीरोटीको बन्दोबस्त समेत गरेका छन् । उनले विदेशमा अलपत्र परेका नागरिकलाई प्लेन चार्टर्ड गरेर समेत स्वदेश फर्काएका छन् । अहिले उनलाई भारतीय जनताले दिनदुखीको ‘भगवान’ भन्ने गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया