एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसनबीच सम्झौता

३ बर्ष अगाडि

एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसनबीच बैंकको आन्तरिक लोन प्रक्रियालाई अटोमेटेड र डिजिटाइज गर्ने विषयमा सम्झौता भएको छ ।

 उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल र एसबी सोलुसनका अध्यक्ष विपुल ढकालले हस्ताक्षर गरेका हुन ।

एसबी सोलुसनको लोन म्यानेजमेन्ट सिस्टममार्फत बैंकले आन्तरिक लोन र लोन फाइलको अप्रुभल प्रोसेसलाई अटोमेट र डिजिटाइज गर्नेछ । 

यसबाट बैंकलाई ग्राहकको लोन फाइलसम्बन्धी काम स्वीकृति र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्‍ने जनाइएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया