तीन जनाको मृत्युसहित पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

३ बर्ष अगाडि

नेपालका गएको  २४ घण्टामा थप ३७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने  तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै  सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २२, ५९२ पुगेको छ।

अहिलेसम्म कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७३ पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार तीमध्ये ६,२०६ जनामा सक्रिय सङ्क्रमण छ भने १६,३१३ जना भाइरसमुक्त भएका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया