विद्युत प्राधिकरणका हाकिम एक करोड २४ लाखको चेकसहित पक्राउ

३ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित पक्राउ परेका छन् । 

प्राधिकृणको उपप्रबन्धक (नवौँ तह)का गुप्लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज पक्राउ गरेको हो।

उनले भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन भनी पहिल्यै चेक काटेर लिई हिँडेकोले पक्राउ गरिएको अख्तियारले जनाएको छ । 

प्रक्रिया नै नपुर्याइ चेक लिएर काठमाडौँतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन । 

आयोगका अनुसार हस्ताक्षर भैसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही चेकसँग सम्बन्धित कागजात लिएर काठाडौँ जाने क्रममा आज गुप्ता पक्राउ परेका हुन् । आरोपी गुप्ताको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया