रोयल इन्फिल्डः १६० को स्पिडमा दौडनेछ ६५० सीसीको नयाँ बाइक

५ बर्ष अगाडि

रोयल इन्फिल्डले चाँडै नै आफ्ना दुई बाइक लञ्च गर्दैछ । इन्टरसेप्टर ६५०   र कन्टिनेन्टल जीटी ६५०   नामका यी दुई बाइकमा ६ सय ४८ सीसीको दमदार इन्जिन दिइएको छ । यो रोयल इन्फिल्डको सबैभन्दा शक्तिशाली इन्जिन हो । कम्पनीको दाबी अनुसार यी दुई बाइकमा दिइएको इन्जिनको सहायताले बाइक एक सय ६० किलोमिटर प्रतिघण्टाको स्पिड दौडनेछ । यो इन्जिनले २५.५ किलोमिटर प्रतिलिटरको माइलेज दिनेछ ।

रोयल इन्फिल्ड इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जिटी ६५० बाइकमा ६४८ सीसी, एयरकूल्ड, एसओएचसी, फ्युल इन्जेक्टेड प्यारेलल–ट्वीन इन्जिन दिइएको छ । यो इन्जिनले 7,100rpm मा 47hp को पावर र 4,000rpm   मा  52Nm टर्क जेनेरेट गर्दछ । यसमा ६ स्पिड म्यानुअल गिरबक्स र स्लिपर क्लच हुनेछ । यस्तै, २५.५ किलोमिटर प्रतिलिटर माइलेजको दाबीको कुरा गर्नुपर्दा यो वर्ल्ड मोटरसाइकल टेस्ट साइकल (डब्ल्यूएमटीसी) मा हाँसिल गरिएको हो । डब्ल्यूएमटीसी बाइकमा माइलेज मापन गर्ने एक सिस्टम हो ।

स्टाइलको कुरा गर्नुपर्दा रोयल इन्फिल्ड कन्टिनेन्टल जीटी ६५० को डिजाइन क्याफे रेसर र रोयल इन्फिल्ड इन्टरसेप्टर ६५० को डिजाइन स्ट्रिट बाइकजस्तो हुनेछ । इन्टरसेप्टर ६५० मा १३.७ लिटरको फ्युल ट्यांक हुनेछ जबकी कन्टिनेन्टल जीटी ६५० मा १२.५ लिटरको फ्युल ट्याङ्क दिइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया