आफैले छाडेको अरुण बेसिनमा किन पस्न खोज्दैछ विश्व बैंक, यस्तो छ कारण

५ बर्ष अगाडि


काठमाडौं । कुनै समय नेपामला लगानी मैत्री वातावरण नभएको, चरम राजनीतिक अस्थिरता भएको भन्दै नेपालको ऊर्जा क्षेत्रमा गरेको लगानीबाट फिर्ता भएको विश्व बैंक समूह पुनः नेपालका विभिन्न जलविद्युत् आयोजनामा लगानीका लागि तयार भएको छ ।

२०५१ सालमा अरुण तेस्रो जलविद्युत् आयोजनाबाट फिर्ता भएको विश्व बैंकले पछिल्लो दिनमा अरुण बेसिनमा नै लगानीका लागि तयार रहेको भन्दै नेपाल सरकारका विभिन एजेन्सी तथा निकायसँग निरन्तर सम्वादमा रहेको छ ।

अरुण तेस्रो निर्माण गर्ने ताका राजनीतिक अस्थिरता र लगानीको वातावरण नभएको दावी गरेर फर्किएको विश्व बैंककै इशारामा निर्माण भएका खिम्ती र भोटेकोशी जस्ता आयोजनाले नेपाल विद्युत् प्राधिकरणको आर्थिक स्वास्थ्यलाई नराम्ररी खल्बल्याइदिएको थियो ।

विश्व बैंकले लगानी गर्न चाहेको समयमा अरुण तेस्रो आयोजना बनाउन सकिएको भए नेपालको आर्थिक विकास र समृद्धिको मुहार धेरै पहिल्यै देख्न पाइन्थो । आयोजना निर्माणका लागि करिब २५ बर्ष समेत कुर्नुपर्ने थिएन । तर विश्व बैंक राजनीतिक अस्थिरताको नारा दिएर तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई पत्र लेख्दै बाहिरिएको थियो । त्यतिखेर वातावरणको मुद्दालाई समेत उसले राम्रैसँग पक्डिएको थियो । तर आज २५ वर्षपछि आएर सोही व्श्वि बैंक उसैले सम्भाव्य नभएको, राजनीतिक अस्थिरता भएको भनिएको क्षेत्र अरुण बेसिनमा नै आयोजना निर्माण गर्ने भन्दै ऋण लगानीका लागि तयार भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको माथिल्लो अरुण जलविद्युत् आयोजनामा समेत विश्व्न बैंकले लगानी गर्ने सम्भवना बढ्दै गएको छ । सो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयारीको लागि खर्च हुने रकम समेत विश्व बैंकले नै उपलब्ध गराएको छ ।

सरकारले केही दिन पहिले माथिल्लो अरुण जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरण मातहत कम्पनी निर्माण गरेर अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति दिएको छ ।

सो आयोजनालाई क्यू ३० मा डिजाइन गरेर करिब एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजनामा सरकार रहेको छ । सो आयोजना हालस्म्मकै सस्तो र आकर्षक आयोजनाको रुपमा परिचित छ ।  आयोजनाको हाल डिपिआरको काम चिनियाँ कम्पनीले गरिरहेको छ ।

यस्तै तल्लो अरुणमा समेत विश्व बैंकले लगानीका लागि इच्छा व्यक्त गरेको छ । विगतमा सोही बेसिनमा आयोजना छाडेर बाहिरिएको विश्व बैंक नि सोही बेसिन नै खोजी गर्दै हिडेको  छ भन्ने प्रश्न पनि सतहमा देखा परेको छ ।  

कूल ७७९ मेगावाट क्षमताको तल्लो अरुणमा विश्व बैंकले मात्रै नभई अर्को एक अमेरिकी बैंकले समेत लगानीका लागि इच्छा व्यक्त गरेको छ । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनीले सो आयोजनाका लागि सहुलित पूर्ण ऋण लिनका लागि एक अमेरिकी बैंकसँग छलफल गरिरहेको छ । तर विश्व बैंक पनि उत्तिकै तयार देखिएको छ ।

त्यसको पछाडि भारतीय कम्पनी सतजलले सहज रुपमा अरुण तेस्रोको काम सुरु गर्नुलाई पनि लिन सकिने जानकारहरुको भनाइ छ । विगमात वातावरणीय समस्या देखाएर बाहिरिएको व्श्वि बैंक पछिल्ला दिनमा भारतीय कम्पनलिे बिना विवाद काम सुरु गरेपछि आर्कषित भएको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।

कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा भारतीय कम्पनीले धमाधम सुरुङ निर्माणको काम अगाडि बढाइरहेको छ । आगामी चार बर्ष भित्र आयोजनाका निर्माण सक्ने योजनामा भारती कम्पनी लागेको छ ।

आयोजना स्थलमा सकारात्मक वातावरण तयार भएपछि विश्व बैंक समूह अरुण बेसिनमा पुनः लगानीका लागि तयार भएको हो । सरकारले पछिल्ला दिनमा अरुण बेसिनमा आयेजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । पानीको उच्चा उपलब्धता तथा पहुँचमार्ग समेत निर्माण भइसकेकाले पनि सो बेसिन जलविद्युत् आयोजना निर्माणका लागि सहज र सरल मानिन थालिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया