(Friday, 20 July, 2018)
By: आजको अर्थ
फागुन २१, २०७४

रियालिटी स्टार तथा अभिनेत्री किम कादर्शिनले एउटा म्यागेजिनका लागि फोटोसेसन गराएकी छन् । सधैँ हट र बोल्ड रूपमा प्रस्तुत हुँदै आएकी किम यसपालि भने फरक शैलीमा प्रस्तुत भएकी छिन् ।


उनले फोटोसेसनको केही स्न्यापमा साडीसमेत पहिरेकी छन् । साडीमा उनी निकै भव्य देखिएको मिडियाले उल्लेख गरेका छन् । उनले रातो रङको साडी पहिरेकी छिन्, त्यसको डिजाइन चर्चित डिजाइनर सब्यसाचीले गरेकी हुन् ।

एउटा फोटोमा किम गोल्डेन कलरको ब्याकलेस डे्समा देखिएकी छिन् । किमले आफ्नो फोटोसेसनका फोटोहरू इन्स्ट्राग्राममार्फत सार्वजनिक गरेकी हुन् । 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत