(Thursday, 18 October, 2018)
By: आजको अर्थ
असोज १७, २०७५

 ‘जाऊ है पोखरा !’ यो कर्णप्रिय शब्द पर्यटकले पटक– पटक त्यसै उच्चारण गर्ने गरेको अवश्य नै होइन । आफैंमा आकर्षक र विशिष्ट गन्तव्य भएकाले अधिकांश पर्यटकको रोजाइँ ‘पोखरा’ नै हो भन्दा अतिशयोक्ति नहोला । 

पोखरा आउन हवाईका साथै सडक यातायातको सुविधा छ । स्तरीय होटल, बसाइँ लम्ब्याउन सकिने स्वच्छ वातावरण र मनमोहक प्राकृतिक छटाले यो भरिपूर्ण छ । ताल, हिमाल, गुफा, संस्कृति र प्राकृतिक सम्पदाले भरिएकाले पर्यटकको रोजाइँमा पोखरा पर्दै आएको छ । 

अन्नपूर्ण र माछापुच्छे« हिमालको काँखमा अवस्थित पर्यटकीयस्थल पोखरा आफैँंमा एक प्राकृतिक सम्पदाबाट शृृङ्गारिएकाले पर्यटकको मन लोभ्याउछ । बिहानीको समयमा चाँदी झैं टलक्क टल्किने अन्नपूर्ण र माछापुच्छे« हिमालको रमणीय दृश्यावलोकन, ताल, गुफा, गुप्तेश्वर मन्दिर, गुम्बा, नदी, झरना, राष्ट्रिय सङ्ग्रहालय, गोर्खाली सेनाको सङग्रहालय आदि यहाँका पर्यटकीय आकर्षण हुन् । प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जम्पलगायत साहसिक खेल हेर्न र सहभागी हुनका लागि आन्तरिक र बाह्य पर्यटकले पोखरालाई पहिलो प्राथमिकताको गन्तव्य सूचीमा राख्ने गरेका हुन् । 

यहाँका कैयौं पर्यटकस्थलमध्येको महेन्द्र गुफा पर्यटकीय आकर्षणको केन्द्रविन्दु बनेको छ । गुफामा वर्षेनी पाँच लाखको हाराहारीमा पर्यटक भित्रिनुले यसको आकर्षणलाई प्रमाणित गर्दछ । 

पोखरा – १६ को बटुलेचौरस्थित घुर्मी डाँडाको काखमा अवस्थित महेन्द्र गुफा ४६ रोपनी जग्गामा फैलिएको छ । गुफाको लम्बाइ १२५ मिटर छ । जमीनको सतहबाट करीब २० वटा भ¥याङ उक्लेपछि गुफाभित्र प्रवेश गरिन्छ । माथिल्लो भागबाट पानी रसाए पनि खुट्टा चिप्लिने सम्भावना कम छ । भित्रीभाग अध्यारो भएकाले बत्तीको व्यवस्था गरिएको छ । गुफाभित्र कुनै कठिनाइ नभएकोले अधिकांश पर्यटक यहाँ पुग्ने गरेका छन् । 

दुई भागमा बाँडिएको भित्रि भागमा भगवानको मूर्ति छन् । आराध्यदेव महादेव, गणेशको मूर्तिसाथै शिवलिङ्ग छन् । भित्तामा गाईको थुनजस्ता दृश्य बढी देखिन्छ । सो कारणले धार्मिक आस्थाका पर्यटकलाई यसले दोहोरो फाइदा पु¥याएको छ । 

विगतमा गुफा प्रवेशपछि निस्कने बाटो अहिले बन्द गरिएको छ । कुनैबेला गाईवस्तु चरनस्थलको रुपमा रहेको यस क्षेत्रको एक भ्वाङ्मा बाच्छो फसेपछि सोको उद्धार गर्ने क्रममा २००८ सालमा स्थानीयवासीले यस बारे थाहा पाएका हुन् । 

शुरुमा अँधेरी गुफाको रुपमा चिनिने यो २०१० सालमा संस्कृतविद् सत्यमोहन जोशीले अवलोकन गरेर नेपाल नामक पत्रिकामा ‘यात्रा संस्मरण’ लेख्नुभयो । गुफाका प्रबन्धक शिशिर पौंडेल भन्नुहुन्छ, “उक्त संस्मरण राजा महेन्द्रले पढेपछि विसं २०१६ मा गुफाको भ्रमण गर्नुभयो । त्यसपछि गुफाको नाम नै महेन्द्र गुफा रहन गएको हो ।”सोही समयमा राजाले स्थानीय बिन्ध्यवासिनी विद्यालयलाई सो गुफाको संरक्षण गर्न आदेश जारी गर्नुभयो । सोही समयदेखि संरक्षण र सम्बद्र्धन उक्त विद्यालले गर्दै आएको छ । विसं २०३१ पछि प्रवेश शुल्क लिने नियम बनाइयो । हाल नेपालीसँग रु ५०, सार्क राष्ट्रका पर्यटकबाट रु ८०, सार्कबाहिरका पर्यटकसँग रु १५० र विद्यार्थीसँग रु ३० लिइन्छ । 

गुफामा आन्तरिकपछि सबैभन्दा बढी भारत, अमेरिका, जापान, चीन र युरोपका पर्यटक पुग्ने गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ मा चार लाख १२ हजार पर्यटकले महेन्द्र गुफाको अवलोकन गरे । आन्तरिक पर्यटक दुई लाख ३० हजार, सार्क मुलुकका ६८ हजार, सार्कबाहिरका ५४ हजार र विद्यार्थी एक लाख आठ हजारले यहाँको अवलोकन गरे ।    प्रबन्धक पौडेलका अनुसार गुफाको अवलोकनबाट गत आर्थिक वर्ष रु एक करोड ६० लाख रकम उठेको छ । 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत