आतङककारी हमलामा परी सात सुरक्षाकर्मीको मृत्यु

५ बर्ष अगाडि

अङकरा– टर्कीको दक्षिणपूर्वी क्षेत्रमा आतङककारीहरुको हमलामा परी सात जना सुरक्षाकर्मी मारिएका छन् । 
बट्मान प्रदेशमा बिहीबार भएको घटनामा परी अरु दुई जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । 
कुर्दिस्टन वर्कर्स पार्टी (पिकेके)का सदस्यहरुले सडकमा बम पड्काएर उनीहरुको मृत्यु भएको बताइएको छ । 
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सुरक्षाकर्मीहरु चढेको सवारी साधनलाई लक्षित गरी उनीहरुले विस्फोटन गराएका थिए । 
घटनापछि सुरक्षाकर्मीले आक्रमणकारीहरुको खोजी तीव्र पारेका छन् । पिकेकेलाई टर्की, अमेरिका र युरोपेली संघले आतङ्ककारी संगठनको सूचीमा राखेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया