दसैंमा टेलिकमको छुट अफर

५ बर्ष अगाडि

काठमाडौं – नेपाल टेलिकमले दसैंमा भ्वाइस प्याक नाम दिएर ६ रुपैयाँमा एक घण्टा कुराकानी मिल्ने सुविधा दिने योजना ल्याएको छ । असोज २४ देखि कात्तिक ७ सम्म 
यो योजना लागू हुने टेलिकमले जनाएको छ ।


कम्पनीका अनुसार अनलिमिटेड प्याक नाम दिइएको अर्को अफरअन्तर्गत ६ सयमा १५ दिनसम्म प्रत्येक दिन २ जीबी प्रयोग गर्न मिल्ने गरी डाटा उपलब्ध हुनेछ । यसैअन्तर्गत प्रयोगकर्ताले असीमित फोन र एसएमएस सेवा प्राप्त गर्न सक्नेछन् । टेलिकमले हरेक दिन २६ एमबी डाटा ६ रुपैयाँमा उपलब्ध हुने गरी डाटा प्याक अफर पनि सार्वजनिक गरेको छ । यस्तै दसैंको अवधिमा सय वा दुई सय रिचार्ज गर्दा १० रुपैयाँ र ५ सय तथा हजारको रिचार्जमा १५ प्रतिशत बोनस दिइने टेलिकमले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया