(Thursday, 18 October, 2018)
By: आजको अर्थ
असोज २४, २०७५

भारतको महाराष्ट्र जिल्लाको पांढरकावडा क्षेत्र केही दिनदेखि त्रस्त छ । त्यो क्षेत्रमा एक नरभक्षी बघिनी चिडियाखानाबाट फुत्केर खुल्ला हिडिरहेको छ । 

टी१ नाम दिइएको उक्त बघिनीले पछिल्लो केही दिनभित्र यो क्षेत्रको १३ मानिस र कयैन जनावरहरु मारिसकेको छ । 

अफसोचको कुरा बघिनीलाई समात्न वन विभागले गरिरहेको कयैन दिनको प्रयास सफल हुन सकेको छैन । वन रेन्जरहरु नरभक्षि समात्नकै लागि दिन रात गश्ति लगाइरहेको छन् । 
प्रशासनले अब बघिनी समात्ने आफ्नो कोसिसको सिलसिलामा सोमबार एक थप विकल्प अघि सारेको छ । सोमबारबाट बघिनीको शिकारको गर्न ‘केन कोरसो’ प्रजातिको दुई शिकारी कुकुरलाई मैदान उतारिएको छ । 

सम्भवत भारतमा बाघलाई पक्रन शिकारी कुकुर प्रयोग गरिएको यो पहिलो पटक हो । कुकुरलाई बाघको पछाडि छोड्नु अघि चिडियाखानामा रहदाँको उसको खोरमा गरेको पिसाब सुघाँईको थियो । 
केन कोरसो रोमन शासनसम्म पछाडि गएको निक्कै पुरानो जातको इटालियन कुकुर हो । यसलाई सम्पतीको सुरक्षा गर्न र जंगली भालुको शिकारको लागि विकास गरिएको हो । यो नश्लको कुकुर निक्कै बलियो हुन्छ र यो बाघसँग पनि डराउदैन । 

केन कोरसो प्रजातिको एक कुकुरलाई भारु ६ लाख बराबर पर्छ । टी१  बघिनीको शिकार गर्न प्रयोग गर्न लागिएको कुकुर हैदरावाद निवासी सार्पसुटर नवाब शफथ अलि खानको हो । यी कुकुरहरु उनको तारबारयुक्त दरबारको प्रागढणमा बस्ने गथ्र्ये । 

भारतीय पत्रिका टाइम्स अफ इण्डियासँग कुरा गर्दै वन्यजन्तु आरक्षको प्रमुख संरक्षणकर्ता एके मिश्राले यसलाई पुष्टि गर्दै भने,“ ठूलो प्रयास पछि केन कारसोलाई सोमबार मैदानमा उतारिएको छ । ”

मिश्राले बघिनीलाई लिएर आफूहरुको सबैभन्दा ठूलो डर भनेको उसलाई भेट्दै नभेट्ने हो कि भन्ने रहेको बताए । 

“उसले दुई वटा घोडा मारी तर हामीले जालमा पार्न राखेको जीवतर्फ गइन । क्यामेरा ट्रापमा पनि उसको तस्वीरहरु भेटिएको छैन । उसलाई बेहोस बनाउनको लागि पहिले त उसको अवस्थिति पत्ता लगाउनु प¥यो । उ लुकेको ठाँउ पत्ता लागेपछि बल्ल कुकुरहरुलाई प्रयोग गरेर बाहिर निकाल्न सकिन्छ,” उनले भने ।

यो कुकुरमा खास के हो ?
केन कोरसोको सम्पत्ति, पशुहरु र परिवारको सुरक्षाको लागि प्रयोग गरिन्छ । इतिहासलाई हेर्ने हो भने यसले रात्रिकालिन चौकिदारको भूमिका निभाउछन् । 

अमेरिकन केनेल क्लबका अनुसार यो कुकुरको उचाई २५ देखि २८ इन्च हुन्छ र जीवनकाल ९–१२ वर्ष हुन्छ । ४५–५० किलो सम्म वजन हुने यो कुकुरको टाउको भने निक्कै ठूलो हुने गर्छ । 
यो कुकुर फुर्तिलो, तालिम दिन योग्य, निडर हुने बताइन्छ । यही कारण यो कुकुर संसारका कयैन देशहरुमा प्रहरी कुकुरको रुपमा प्रयोग पनि गरिन्छ । 

२० औं शताब्दीमा यसको मुल थलो दक्षिण इटालीको ग्रामिण क्षेत्रमा रहेका फार्महरुमा रुपान्तरण हुन थाले पछि यसको प्रयोग घट्न थालेपछि यो कुकुर दुर्लभ हुन थालेको थियो । त्यसबेला यो कुकुर बचाउन कयैन समूहहरु बनेका थिए ।  

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत