वामदेव गौतममाथि प्रश्नैप्रश्न

५ बर्ष अगाडि

 काठमाडौं- वामदेव गौतमलाई उपचुनावमार्फत संसद्मा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन स्थानीय नेताहरूले नेकपाका अध्यक्षद्वयलाई सुझाव दिएका छन् । 
प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र गौतमलाई त्यहाँबाट उठाउने तयारीपछि उक्त क्षेत्रका नेता बुधबार केपी ओली र पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका थिए ।


प्रदेश सांसद वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्हुच्छेकाजी श्रेष्ठले दुई अध्यक्षलाई स्थानीय वस्तुस्थिति अवगत गराए । उनीहरूले अकस्मात् काठमाडौं ७ खाली गर्ने कुरा आउँदा मतदाता र पार्टी कार्यकर्ता अन्योलमा परेको बताए । न्हुच्छेकाजी यसअघि उक्त क्षेत्रका निर्वाचन परिचालन कमिटी संयोजक थिए ।


तीनै जनाले जनमत र गौतमबारे भइरहेका टीकाटिप्पणी अध्यक्षहरूलाई सुनाएका थिए । ‘सुरुमा यो विषयमा छलफल नभएकाले सबै अचम्म पर्ने अवस्था आयो, अन्तक्र्रिया र सामाजिक सञ्जालमा पनि प्रतिक्रिया प्रकट भएका छन्, शीर्ष नेतालाई हाम्रो क्षेत्रमा ल्याउने र जिताउने गर्वको कुरा हो,’ भेटपछि प्रदेश सांसद मानन्धरले भने, ‘तर एक वर्ष पनि नबित्दै उपचुनाव गर्दा नकारात्मक सन्देश जाने हो कि ? त्यसमा ख्याल गर्न सुझाव दिएका छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया