शहीद स्मारक ए डिभिजन: फ्रेण्ड्स र थ्री स्टार भिड्ने

५ बर्ष अगाडि

 शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छ । 

आज पहिलो खेल फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा दोस्रो खेल जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । दुवै खेल अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदान सातदोबाटोमा हुनेछ । यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग असोज २४ गतेदेखि पुनः सञ्चालन भएको हो 

लिगका खेल तेह्र चरणसम्म खेलाइने छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचाँैले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउनेछ । फेयर प्ले टिमले रु एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गर्नेछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया