७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

५ बर्ष अगाडि

 पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । 
सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६.२ म्याग्नीच्युडको अर्काे शक्तिशाली परकम्प पनि गएको बताइएको छ । पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख गरिएको छ । 
तर मानवीय क्षतिको बारेमा भने कुनै समाचार प्राप्त भएको छैन । यस भूकम्पको जानकारी चिनियाँ भूकम्प केन्द्रले दिएको छ । 
पपुवा न्यु गिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकैे ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ । 
प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भएपनि केही समयपछि सुनामीको खतरा नरहेको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया