विमानस्थल सफ्टवेयरमा बारम्बार समस्या

५ बर्ष अगाडि

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर बारम्बार बिग्रिएपछि अध्यागमन अधिकारीहरूले रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति दिएका छन् । 
गत सोमबार दिउँसो १ बजे करिब एक घण्टासम्म नेपालबाट विदेश जाने यात्रुको रेकर्ड राख्ने इमी सफ्टवेयरले काम गरेको थिएन ।


यात्रुको लामो लाइनमा रहेका बेला अचानक पीआरएम अर्थात् पासपोर्ट रिडेबल मेसिनमार्फत इमी सफ्टवेयरमा डाटा इन्ट्री गर्ने काम बन्द भएको थियो । यात्रुको चाप र त्यही बेला सफ्टवेयरमा खराबी आएपछि अध्यागमन अधिकारीले सामान्य जाँच र पासपोर्ट पढेर प्रस्थान अनुमति दिएका थिए । 

 एक अध्यागमन अधिकृतका अनुसार सफ्टवेयर बारम्बार ह्याङ हुने समस्या नौलो होइन । उनका अनुसार हरेक साता कुनै न कुनै समय सफ्टवेयरले काम गर्न छाड्छ । प्राविधिक समस्याका कारण यस्तो बेला नेपालबाट विदेश जाने यात्रुको जानकारी राख्न नसकिने ती अधिकृतले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया