नागरिक लगानी कोषका अध्यक्ष भट्टराईले पदबहाली गरे (फोटोफिचर)

५ बर्ष अगाडि

काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष डा.रामचन्द्र भट्टराईले शुक्रबार पदबहाली गर्नुभएको छ । कोष संचालक डा.रामशरण खरेलले डा भट्टराईलाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो । 

डा.भट्टराईलाई २१ असोजको मन्त्रिपरिषदको बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । ‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा बिद्याबारिधि गर्नुभएको भट्टराईले हाल त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत अर्थशास्त्रको अध्यापन गराउदै आउनुभएको छ ।

खोटाङ लामिडाडाँमा जन्मनुभएका भट्टराईसंग राष्ट्रिय बाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा बरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरिसक्नु भएको अनुभव छ । यो सँगै उहाँसंग नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव रहेको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया