श्रीदेवीलाई आफ्नै श्रीमती दाबी गर्दैछन् यी मानिस

६ बर्ष अगाडि

मुम्बई । हिन्दी फिल्म उद्योगकी ‘चाँदनी’ भनिने श्रीदेवीको दुबईको जुमेराह होटलमा २४ फेब्रुअरीमा निधन भयो । उनको मृत्युले उनको परिवार र उनलाई चिन्ने दर्शकहरु शोकमा परे । असामयिक निधन भएकाले परिचितहरुमा पीडाको मात्रा बढी थियो । 
उनको परिवारले रामेश्वरम गएर उनको अन्तिम संस्कार गरिसकेको छ ।
तर, उनको परिवारको अतिरिक्त अर्को एकजनाले पनि उनको किरियाकर्म गरिरहेका छन् । यो व्यक्ति श्रीदेवीलाई आफ्नो श्रीमति भनिरहेको छ । श्रीदेवको मृत्युमा शोकमग्न भएका यी व्यक्तिले खाना छाडेका छन् र कपाल खौरेर तेह्र दिनको हिन्दु क्रियाकर्म गरिरहेको छन् ।
समाचारअनुसार उनको नाम ओप्रकाश मेहरा बताइएको छ । उनी मध्य प्रदेशको श्योपुरमा बसोबास गर्छन् । उनी श्रीदेवीलाई आफ्नो श्रीमती मान्दछन् । श्रीदेवीको बोनी कपुरसँग विवाह भएको समय मेहराले पनि श्रीदेवीलाई श्रीमती मानेका थिए । श्रीदेवीलाई एकदमै माया गर्ने यी व्यक्तिले सन् २००२ को भोटर लिस्टमा आफ्नो पत्नीको नाममा श्रीदेवी लेखाएका छन् । 
श्रीमती मानेकापछिका वर्षहरु उनले श्रीदेवीलाई कयैन पत्रहरु लेखे । उनका अनुसार एकपटक श्रीदेवीले पनि उनलाई चिठ्ठी लेखेर मुम्बई आउन भनेकी थिइन् । तर पैसाको अभावका कारण उनी मुम्बई जान सकेनन् ।
श्रीदेवीको मृत्यु भएको खबर पाउना साथ ओमप्रकाशले खाना छाडेका थिए । श्रीदेवीको मृत्युको शोकमा उनले आफ्नो गाँउमा श्रद्धाजंली सभा पनि आयोजना गरेका थिए । उनका गाँऊका अधिकाशंले सहभागिता जनाएको कार्यक्रममा उनले आफ्नो कपाल खौरेर श्रीदेवीको तस्वीरमा फूलमाला चढाएका थिए । श्रीदेवीलाई आफ्नो श्रीमती मानेका ओमप्रकाश मेहेराले अहिलेसम्म विवाह नगरी बसेका छन् ।
ओमप्रकाशका साथीहरुले बताए अनुसार ओमप्रकाश श्रीदेवीलाई एकदमै धेरै माया गर्छन् । साथीहरुलाई ओमप्रकाशले आफू श्रीदेवीलाई वास्तविक श्रीमती पाउन सात जन्म कुर्न तयार भएको बताउथें ।
सोही गाँउका पूर्व मुखिया कुंजबिहारी जाटले भने, “२००२ मा ओमप्रकाशले भोटर लिस्टमा श्रीमतीको नाम श्रीदेवी दर्ता गरेका थिए । हामीलाई लाग्यो कि शायद गल्ति भएर यस्तो भयो होला । तर पछि ओम प्रकाशले आफूले मनबाट श्रीदेवीलाई श्रीमती मानेको र आफूलाई उनको दोश्रो पति मान्ने गरेको बताए ।”

६ बर्ष अगाडि

प्रतिक्रिया