‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा निर्णायक तथा कोच अभयाले यसरी दिईन सबै निर्णायकहरुलाई ‘सरप्राइज’

५ बर्ष अगाडि

काठमाडौं ।–असोज २६ गते  नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा टिम अभयाले सबै निर्णायक तथा कोचहरुलाई सरप्राइजमा पारिदिएकी छिन् । टिम अभयाबाट  दुई प्रतिस्पर्धी जोवन र सुवासविचको प्रतिस्पर्धा निकै रोमाञ्चक भएको भन्दै अन्य निर्णायकहरुले कोच अभयाको निकै प्रशसा गरेका थिए ।
उनलाई कोच दिपले सबैलाई सरप्राइज दिएको भन्दै उत्कृष्ट ब्याटल गराउन सफल भएको बताए । कोच अभयाको प्रशंसा गर्दै कोच दिपले भने, यो अर्को सरप्राइज अभया सुब्बाको’ ।
त्यसैगरि कोच प्रमोद र कोच सनुपले पनि उत्कृष्ट ब्याटल प्रतियोगिता देखिएको भन्दै उनीहरुले कसैको पक्ष छनौट गर्न कठिन भएको सुझाव दिएका थिए । तर कोच अभयाले आफ्नो सल्लाहकारहरुसँग सल्लाह गरेर प्रतिस्पर्धी जोवनलाई छनौट गरेकी थिईन् ।
त्यसैगरि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’मा प्रमोदका दुई प्रतिस्पर्धीहरु तेजेन्द्र र वर्ता गन्धर्व बिच पनि ब्याटल राउण्डमा साँच्चिकै ब्याटल भएको भन्दै निर्णायकहरुले निकै प्रशंसा गरे । उत्कृष्ट प्रतिस्पर्धीहरु तयार पारेको भन्दै निर्णायक प्रमोदलाई सबै निर्णायकहरुले प्रशंसा गरेका हुन् ।
‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को शनिवारको ब्याटल राउण्डबाट तेजेन्द्र, नवराज, सन्तोष, राहुल लाइभमा जान सफल भए ।
ब्याटल राउण्डमा चारै निर्णायकहरुको आफ्नो टिमका १२ जना प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।
टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया