दशैंमा सिसडोल ल्यान्डफिल बन्द, सडकमै थुप्रिने भयो फाेहाेर

५ बर्ष अगाडि

 काठमाडौं-दशैंको पाँच दिन सिसडोल ल्यान्डफिल साइट बन्द हुने भएको छ। स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको हो।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे। उनले भने– ‘यो वर्ष पाँच दिनसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुनेछैन।’ लामो समयसम्म फोहोर व्यवस्थापन गर्न नसकेर आलोचना खेप्दै आएको कामपाले फोहोर सुचारु हुन थालेपछि दशैं मनाउने वहानामा पाँच दिन फोहोर व्यवस्थापन नगर्ने भएको हो। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया