शीर्ष नेता तथा मन्त्रीका दशैं काठमाडौंमा, कसको कसरी बित्दै

५ बर्ष अगाडि

काठमाडौं–शीर्ष नेता तथा मन्त्रीहरूले राजधानी काठमाडौंमा नै दशैं मनाउने भएका छन्। सत्तारूढ दलका अध्यक्षसमेत रहेका धानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा नै दशैं मनाउने कार्यक्रम तय भएको छ। नेपाल समाचारपत्रमा खबर छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा दशैं मनाउने कार्यक्रम रहेको छ।  पूर्वप्रधामन्त्री तथा नेकपाका अर्का अध्यक्ष प्रचण्डको यसपालि दशैं छैन। उनले काठमाडौंमै पारिवारिक तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। 
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा दशैं मनाउने कार्यक्रम रहेको रहेको छ।

त्यस्तै नेकपाको वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पनि दशैं काठमाडौंमा नै मनाउने कार्यक्रम छ। आफन्त र कार्यकर्तालाई टीका लगाइदिने, घरमै बस्ने र भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ। 

नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई दशैंका बेला पारिवारिक भेटघाटका साथै अन्य छलफलमा सहभागी हुनेछन्। उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पनि काठमाडौंमा नै दशैं मनाउने कार्यक्रम  छ।

५ बर्ष अगाडि

प्रतिक्रिया