माथिल्लो तामाकोशीको सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुला

५ बर्ष अगाडि

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोस्रो चरणको सेयर कात्तिक १५ गतेदेखि निष्काशन गर्ने भएको छ । दोस्रो चरणको साधारण सेयर अन्र्तगत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो । प्रतिकित्ता सय रुपैयाँदरका २ करोड ६४ लाख ७५ हजार कित्ता सेयर मध्ये पहिलो चरणमा दोलखाका खायोजना प्रभावितका लागि  १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन गरिएको थियो जसको लागि साउन १६ देखि भदौ २१ गतेसम्म  आवेदन भर्ने समय  थियो ।  यसको बाँडफाँट पश्चात सर्वसाधारणका लागि  दोस्रो चरणको सेयर कात्तिक १५ गतेबाट निष्काशन गर्न लागिएको बिक्रि प्रबन्धकले जनाएको छ । यसको बिक्रि प्रबन्धकको काम नागरीक लगानीकोष र सनराइज क्यापिटलले गर्नेछ । 
न्युनतम ५० कित्ता र अधिकतम  एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन सि—आस्वा प्राप्त बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिनेछ । पर्याप्त आवेदन परेको अवस्थामा कात्तिक १९ गते आवेदन फारम बुझाउने अन्तिम दिन हुनेछ । यदि सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने मंसिर १४ गतेसम्म समय थप गरिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया