विद्यासुन्दरले भने –दशैभरी फोहोर घरैमा राख्नु

५ बर्ष अगाडि


काठमाडौं । काठमाडौं महानगरपालिकाले दशै विदाका कारण सफाई कर्मचारीले समेत विदा लिने भएकाले फोहोर संकलन गर्न नसकिने बताएका छन् ।

आज एक सार्वजनिक सूचना प्रकाशित गरेर उसले काठमाडौ. महानगरभित्र उत्पादन हुने फोहोर घर कपाउण्डमा नै राख्न भनेको छ ।

नेपालीको चाड वडा दशैंको कारण यही असोज ३० गतेदेखि आगामी कात्तिक ३ गते एकादशीको दिनसम्म फोहोर उठाउन नसकिने महानगरले जनाएको छ ।

महानगरकाअनुसार फूलपातीको दिनदेखि दशैं विदाका कारण कर्मचारी समेत विदामा बस्ने भएकाले समस्या परेको बताएको छ । महानगर भित्र फोहोर व्यवस्थापनका लागि कार्यरत नीजि क्षेत्रका कर्मचारी समेत चाडबाड मनाउनु पर्ने हुँदा सो अवधिभर घर, पसल, व्यवसाय, कार्यालयबाट उत्पन्न हुने फोहोर मैला बाहिर सडक, चोक, गल्ल्ी, मठमन्दिर एवम् खुला स्थानमा नफाली आ– आफ्नो घर तथा कम्पाउण्ड भित्र नै राख्न भनेको छ ,

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले संकलन गरी टेकु ट्रान्सफर स्टेशनमा जम्मा गरिने र जम्मा भएको फोहोर नुवाकोटको ककनीमा रहेको सिडोल ल्याण्डफिल साइटमा अन्तिम विर्सजनको काम हुँदै आएको छ ।

स्थानीयबासीले भने अन्य सामान्य समयमा समेत महानगरले व्यवस्थित रुपमा फोरहोर नउठाएको भन्दै गुनासो गर्दै आएका छन् । महानगरले पैसा मात्रै समयमा लिने, सातामा २ पटक मात्रै फोहोर उठाउने गरेको स्थानीयको गुनासो छ ।

नागरिकलाइृ दैनिक सेवा दिनुपर्ने निकाय समेत दशैं विदाको नाममा सूचना निकालेर आफ्नो दायित्बाट पन्छिएको भन्दै महानगरबासीले गुनासो गरेका छन् । फोहोर जति घरैमा राख भन्ने कुरा मिल्दो र सुहाउँदो विषय नभएको स्थानीयको भनाइ छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया