प्युठानमा अटो दुर्घटना, एकको मृत्यु चार घाईते

५ बर्ष अगाडि

प्युठानको  सितचौरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको घटना स्थल मैं मृत्यु भएको छ । चार जना घाईते भएका छन । 

नौविसे गाउँपालिका–६ को सितचौरमा दुर्घटना हुँदा सोही गाउँलिका–४ खबाङ्गकी ६९ बर्षिया तारा देवि पुनको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीका अनुसार बाग्दुलाबाट खबाङ्ग जाँदै गरेको अटो रिक्सा  दुर्घटना हुँदा पुनको मृत्यु भएको र सोही स्थानका ४६ बर्षिया कालिदेवि पुनको जिल्ला अस्पतालमा उपचार हुन नसकी बुटवल रिफर गरिएको छ  । अन्य तिन जनाको अवस्था भने सामन्य रहेको जनाईएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया