शेख सलमान किन नेपाल आए ?

५ बर्ष अगाडि

 काठमाडौं - एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बी इब्राहिम अल खलिफा दुई साताअघि आएका थिए । धुलिखेल बसे । सरोकारवालासँग भेटघाट पनि उतै गरे । हुन त अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित कार्यालयमा पनि उनको उपस्थितिमा एक कार्यक्रम भएको थियो ।


उनी गत वर्ष पनि नेपाल आएका थिए । एक रात धुलिखेलस्थित द्वारिका होटलमा बिताएर फर्किएका थिए । त्यसबेला पनि बहराइनको शाही परिवारका यी सदस्यको नेपाल भ्रमणबारे मिडियामा खासै चर्चा भएको थिएन । उनको दोस्रो भ्रमण पनि उस्तै रह्यो, आए, गए । यसबीच नेपाली फुटबलको राजनीति भने फेरियो । गत वर्ष नरेन्द्रलाल श्रेष्ठ एन्फाको नेतृत्वमा थिए । त्यसबेला विद्रोही छवि बनाएका कर्माछिरिङ शेर्पा नेतृत्वको समूह वैशाखयता एन्फाको सत्तामा छ ।


महादेशीय फुटबलका प्रमुख शेख सलमानको भ्रमणलाई गत वर्ष नरेन्द्र श्रेष्ठले ‘व्यक्तिगत भ्रमण’ भनेका थिए । यसपालि शेखको यात्रालाई एन्फा अध्यक्ष शेर्पाले पनि व्यक्तिगत भ्रमण नै बताए । तर, शेख सलमानको भ्रमणलाई व्यक्तिगत भन्ने आधार छैन । निजी विमानमा ३१ सेप्टेम्बरमा आएर २ अक्टोबबरमा फर्किएका उनले फुटबलकै सरोकारवाला, अझ भनौं एन्फाकै पदाधिकारीहरूलाई भेट गरे । ‘गफगाफ’ पनि फुटबलमै केन्द्रित थियो । कान्तिपुरमा खबर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया