कण्डमको साटो प्लाष्टिकको झोला प्रयोग गर्दा यो जोडीको यस्तो हालत !

५ बर्ष अगाडि

 

भियतनाम – भियतनामको राजधानी हानोईमा एक जोडी प्रेमी अस्पतालमा भर्ती भएका छन् । उनीहरु अस्पतालमा भर्ना हुनुको कारण निकै रोचक छ । यो जोडीले यौन सम्बन्ध स्थापित गर्नका लागि कण्डमको साटो प्लाष्टिकको झोला प्रयोग गरेका थिए ।

यौनाङ्गमा घाउ भएपछि लगातार रगत बग्न थालेपछि यी दुईलाई अस्पताल भर्ना गर्नुपरेको हो । कण्डम किन्न जान अप्ठेरो लागेपछि यौन सम्बन्ध स्थापित गर्नका लागि प्लाष्टिकको झोला प्रयोग गर्दा यस्तो समस्या निम्तिएको बताइएको छ ।

\

यी दुईलाई घाउमा केही संक्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक्स दिइएको भियतनामी पत्रिका त्गयष् त्चभ ले बताएको छ ।

डाक्टरका अनुसार कण्डमको सट्टा प्लाष्टिकको प्रयोग प्रयोग ‘अवैज्ञानिक’ भएको भन्दै प्लाष्टिकको झोला निकै बाक्लो भएकाले यौनाङ्ग कोरिएको र योनी च्यातिँदा घाउ भएको हो ।

यो घटनाले भियतनाममा सुरक्षित यौनसम्पर्क र यौन शिक्षाको अवस्थाबारे चित्रण गरेको छ । हानोई मेडिकल युनिभर्सिटी र हानोई मेडिकल कलेजमा अध्ययनरत २ हजार ७ सय विद्यार्थीमध्ये करिब १६ प्रतिशतले यौन सम्बन्ध स्थापित गरेको बताउने तेस्रोले मात्र पहिलो पटक कण्डमको प्रयोग गरेको बताए । करिब २५ प्रतिशत विद्यार्थीले कण्डम किन्न जान आफूलाई लाज लाग्ने गरेको बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया