अनुहार नदेखाउने यी युवती इन्स्टाग्राम बाट लाखौं आम्दानी

५ बर्ष अगाडि

फेसबुक, इन्स्टाग्रामलगायत सोसल मिडियामा सफल हुनु त्यति गाह्रो मानिँदैन जब तपाईं एक सफल कलाकार वा सेलिब्रिटी हुनुहुन्छ तर तपाईंसँग मिलेको अनुहार, सुगठित शरिर छ भने पनि तपाईं यसमा चर्चित हुनसक्नुहुन्छ । यस्तैमा, पोल्याण्डकी एक २० वर्षीया किशोरीको सोसल मिडियामा लाख फलोअर्स छन् । यहाँ अचम्मको कुरा के छ भने उनले आफ्नो सबै फोटोमा अनुहार नदेखाएरै यति धेरै प्रशंसक कमाउन सफल भएकी हुन् ।

नातालीया गुट्क्विजको सफलताको कथा निकै अचम्मको छ । इन्स्टाग्राम चलाएको तीन वर्षमा उनले जम्मा ४४३ पोष्ट गरिन्– अरु इन्स्टाग्राम स्टारले भन्दा निकै कम– जसले १ लाख १ हजार फलोअर्सलाई  आकर्षित गर्न सफल भयो । यो उनले कसरी गरिन् ? २० वर्षीया यी किशोरीका अनुसार उनको यति धेरै फलोअर्स हुनुका पछाडि उनको आफ्नो कुनै पनि पोष्टमा अनुहार नदेखाउनु हो । हो, कहिलेकाँही फलोअर्सले उनको एउटा आँखा, ओठ, टाउकोको पछाडिको भाग देख्ने गर्दछन् तर कसैलाई पनि उनी वास्तविक रुपमा कस्ती देखिन्छिन् भन्ने थाहा छैन । उनले आफ्नो अकाउन्टमा धेरैजसो साथीको फोटो हाल्छिन् र आफूलाई कथाबाचकको रुपमा प्रस्तुत गर्छिन् । कहिले काँही उनी आफू पनि देखिन्छिन् ।

मानिसहरु दिनदिनै मेरो अकाउन्टमाथि बढि चासो व्यक्त गरिरहेका छन् । उनीहरु मेरो प्रोफाइलमा पहिलेभन्दा बढि समय बिताउन थालेका छन् । मेरो पूरा अनुहार कतै देखिएको छ कि भनी मानिसहरुले खोज्न थालेका छन्,’ नातालियाले भनिन् । पोल्याण्डमा इन्स्टाग्राम प्रयोगकर्तामध्ये सबैभन्दा चर्चित भइकन पनि आफू परिचित इन्टरनेट सेलिब्रिटी हुन केही रहर नभएको उनी बताउँछिन् ।

नातालिया अन्य इन्स्टाग्राम भन्दा यसकारण पनि भिन्न छिन् किनभने उनी आफ्नो लगातार फोटो खिच्ने गर्दिनन् । उनी भन्छिन्, ‘म त्यस्ती किशोरी होइन जसले एउटा टोस्टको २५० वटा फोटो खिच्छन् र तीमध्ये राम्रो छानेर फेसबुकमा हाल्छन् । म निरन्तर फोटो खिच्ने व्यक्ति होइन । फोटो नराम्रो आउँदा दोस्रो सट लिने गर्दछु तर त्यस्तो बिरलै हुन्छ ।’

अनलाइन सेलिब्रिटी हुन नचाहने नातालियाले इन्स्टाग्रामले आफ्नो जीवनशैली परिवर्तन गरेको स्विकार गर्छिन् । इन्स्टाग्राम एड्भर्टाइजिङ अभियानमा भाग लिने र आफ्नो प्रोफाइलमा विभिन्न सामग्रीको विज्ञापन गर्ने भएकाले यो सोसल मिडिया उनको मुख्य आय स्रोत बनेको छ । साथै उनको यो सफलताले उनलाई जागिरसमेत दिलाएको छ – सोसल मिडिया एक्सपर्टको  रुपमा ।

५ बर्ष अगाडि

प्रतिक्रिया