पोर्न उद्योगसँग जोडिएका १० रोचक तथ्य

५ बर्ष अगाडि

जबदेखि इन्टरनेट सबैको पहुँचमा पुगेको छ त्यतिबेलादेखि पोर्नबारे लगभग धेरैजसोलाई थाहा छ । तपाईंलाई थाहा नै छ होला, यसको पूरा उद्योग नै हुन्छ । तपाईं यसलाई फिल्म इन्डष्ट्रि जस्तै बुझ्न सक्नुहुन्छ । र यसमा धेरै मात्रामा एक्टिङ नै हुने गर्दछ । पोर्न उद्योगका रोचक तथ्यबारे हामी तपाईंलाई जानकारी दिँदै छौं ।

१.पारिश्रमिकः

एक पुरुष स्टारका लागि एउटा प्रोजेक्टको लागि ३ सय देखि ५ सय डलर पारिश्रमिक दिइन्छ । साथै समलिङ्गी पोर्नका लागि भने यसको तीन गुणा बढि पारिश्रमिक दिइन्छ ।

साइबर सेक्युरिटिमा अघिः

पोर्न वेबसाइट कुनै पनि साधारण वेबसाइटभन्दा निकै सुरक्षित हुन्छ । यसमा साइबर सेक्युरिटीमा विशेष प्रकारको ध्यान दिइएको हुन्छ ।

३. पोर्न हेर्दा मृत्युदण्डः

उत्तर कोरिया र इरानमा यदि कोही व्यक्तिले पोर्न हेरेको थाहा पाए, ती व्यक्तिलाई सिधै मृत्युदण्ड दिइन्छ ।

४. अचम्मको कामः

केही पोर्न स्टुडियोमा विशेष प्रकारका मानिसहरु नियुक्त गरिएका हुन्छ जसका काम सुटिङभन्दा पहिले कलाकारलाई उत्तेजित गराउनु हो ।

५. सबै उपलब्ध छन्ः

पोर्न उद्योगले हरेक माध्यमको प्रयोग गरिसकेको छ जसमा लिथेरोग्राफी, सीडी, डिभीडी, टीभी, प्रिन्ट, स्याटलाइट आदि समावेश छन् ।

६. अचम्म!

जो देशमा अत्यधिक पोर्न देखियो त्यहाँको सेक्स क्राइम रेट अन्य देशको भन्दा कम थियो ।

७. पैसा नै पैसा छ यसमाः

पोर्न उद्योगमा जति राजस्व संकलन हुन्छन् त्यो फुटबल,  बेसबल र बास्केटबलजस्ता खेलबाट संकलन गरिने राजस्वभन्दा निकै धेरै छ ।

८. पहिलो प्राथमिकता सुरक्षा:

सन् १९८० को दशकमा एचआइभीबाट यति धेरै पोर्न स्टारको ज्यान गएपछि निकै कडा सुरक्षा उपायको प्रयोग गर्न थालिएको छ ।

९. सबैभन्दा धेरै डाउनलोडः

पूरै इन्टरनेट डाउनलोडको ३५ प्रतिशतभन्दा बढि पोर्न सामग्री हुन्छन् ।

१०. तपाईं के गरिरहनुभएको छ ?

यतिबेला करिब ३ करोड मानिसले पोर्न हेरिरहेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया