महिला आफ्नो पार्टनरसँग के चाहन्छन् ? पुरुषले थाहा पाउनैपर्ने यी ८ कुरा

५ बर्ष अगाडि

हावार्ड मेडिकलको एक अध्ययनका अनुसार महिला धेरैजसो यस्ता पुरुषलाई मनपराउँछन् जो हरेक प्रकारले स्वस्थ हुन्छन् ।

साइकोलोजिस्ट डा. अनामिका पापडीकवालले महिलाले आफ्नो पार्टनरमा चाहने गुण यस्तो भएको बताउँछिन् ।

पेट बाहिर ननिस्किएकोः

महिलाहरु निकै फिट पुरुष मनपराउँछन् । विशेषगरी पेट बाहिर ननिस्किएको पुरुष उनीहरु रुचाउँछन् ।

उपायः

दिनको सुरुवात मनतातो पानीमा कागती मिसाएको पानी पिएर गर्नुहोस् । यसले तपाईंको शरिरको टक्सिन बाहिर निस्कन सहयोग गर्दछ र तौल पनि घटाउँछ ।

पूर्ण स्वच्छता:

यस्ता पुरुष जो सर–सफाईमा पूरा ध्यान दिन्छन् र दैनिक नुहाउँछन् ।

उपायः

निमको पातलाई उमाल्नुहोस् । पानी मनतातो भएपछि छानेर यो पानीले नुहाउनुहोस् । यसले पसिनाको दुर्गन्ध टाढा रहन्छ ।

सेतो दाँतः

मुस्कान राम्रो र सेतो दाँत भएका पुरुषले महिलालाई आकर्षित गर्ने गर्दछन् ।

उपायः

सुन्तलाको बोक्रा र तुलसीको पातलाई सुकाएर पाउडर बनाउनुहोस् । दैनिक ब्रस गरेपछि यो पाउडरले मसाज गर्नुहोस् । दाँत पहेंला हुँदैन ।

स्वस्थ कपालः

यस्ता पुरुष जसको कपाल स्वस्थ र चायाँ रहित हुन्छ, त्यस्ता पुरुषलाई महिलाले रुचाउँछन् ।

उपायः

एउटा प्याजको रस निकाल्नुहोस् । यसलाई कपाल र टाउकोको छालामा लगाउनुहोस् । एक घण्टापछि टाउको धुनुहोस् । हप्तामा ३ वा ४ पटक यो तरिका अपनाउँदा कपाल स्वस्थ रहन्छ ।

आन्तरिक बलः

आन्तरिक रुपमा बलियो भएका पुरुषलाई महिलाले रुचाउने गर्दछन् । साथै कुनै पनि काम निकै फुर्तीले गर्ने पुरुष पनि महिलाको रोजाइमा पर्छन् ।

उपायः

राती ६ वा ७ चम्चा चनाको दाललाई एक ग्लास दुधमा भिजाएर राख्नुहोस् । बिहान यसमा ५÷६ किसमिस र मिश्री मिसाएर पिउनुहोस् । यसले तपाईंको स्ट्यामिना बढ्छ ।

सासको सुगन्धः

मुखबाट दुर्गन्ध नआउने पुरुष र कुनै कुराको अम्मलमा नपरेका पुरुष पनि महिलाको रोजाईको परिधिभित्र पर्ने गर्दछन् ।

उपायः

दालिचिनीलाई चपाएर, चियामा मिसाएर वा पानीमा उमालेर खाँदा तपाईंको सास गन्हाउँदैन ।

खुट्टाको सफाईः

यस्ता पुरुष जसको खुट्टा सफा र दर्गन्धरहित होस्, त्यस्ता पुरुषलाई महिलाले याद गरिरहेका हुन्छन् ।

उपायः

खुट्टालाई ५ मिनेटसम्म कागतीले रगड्नुहोस् । त्यसपछि मनतातो पानीमा एउटा कागती निचोरेर यसमा २० मिनेटसम्म खुट्टा डुबाउनुहोस् ।

स्वस्थ छालाः

स्वस्थ छाला, छाला चाउरी नपरेको, डण्डिफोरको समस्या नभएका पुरुषलाई महिलाले रुचाउने गर्दछन् ।

उपायः

हप्तामा २ पटक अनुहार क्लिन्जिङ गर्नुहोस् यसले तपाईंको छालालाई स्वस्थ बनाउन सहयोग गर्दछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया