बार्सिलोनाका समर्थकलाई धक्का, लियोनल मेसी घाइते

५ बर्ष अगाडि

काठमाडौं– बार्सिलोनाका कप्तान लियोनल मेसी घाइते भएका छन् । शनिबार राती क्याम्प नोउमा भएको खेलमा  सेभिल्ला विरुद्धको खेलमा मेसी घाइते भएका हुन् ।  २४ औं मिनेटमा मेसी घाइते हुँदै मैदानबाट बाहिरिए । 

यद्यपी सो खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले सेभिल्लालाई ४– २ गोल अन्तरले हराएन मात्रै लिगको शीर्ष स्थानमा पनि  उक्लिएको छ । 
बार्सिलोनाको जितमा मेसीको काउन्टिन्होले पहिलो गोल गरे भने दोस्रो गोल १२ औँ मिनेटमा मेसीले गरे । 
मेसी बाहिरिएपछि पनि गोलको क्रम रोकिएन । लुइस स्वारेजले ६३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर टोलीलाई ३–० को अवस्थामा पुर्याए । 
तर, सेभिल्लाका पाब्लो सराबियाले ७९ मिनेटमा एक गोल फर्काए । यस्तै इभान राकिटिकले ८८ औँ मिनेटमा गोल गरेर बार्सिलोनालाई  ४–१ को अग्रता दिलाउँदा अतिरिक्त समयमा सेभिल्लाका लागि मुरिएलले गोल गर्दै तोलीलाई ४–२ को अवस्थामा पुर्याए । त्यसपछि दुबै टोलीबाट गोल नहुँदा बार्सिलोना ४–२ ले विजयी बन्यो । 

५ बर्ष अगाडि

प्रतिक्रिया