विश्वका ९ चर्चित हतियार

५ बर्ष अगाडि

 

मानव इतिहासमा हतियारको प्रयोग निकै पुरानो छ । आज पनि संसारका थुप्रै ठाउँमा हतियारको प्रयोग अत्याधिक भइरहेको छ । थुप्रै देश युद्धको चपेटामा छन् । तर द्वन्द्व र हतियार चलाउनेका विषयमा अधिकांश जानकार रहेपनि हतियार बनाउने व्यक्तिका विषयमा कमैलाई थाहा छ । मिनेटमै मानिसको प्राण लिने खतरनाक हतियार बनाउने व्यक्ति कस्ता छन् त ? उनीहरुले बनाएका हतियारको प्रयोग सुरक्षा, क्रान्ति, बदला र सत्ता कब्जाका लागि भइरहेका बेला हतियार बनाउने १० व्यक्तिको नामावली र संक्षेप परिचय यहाँ प्रस्तुत छ । हतियारले संसारमा त्रास र अशान्ति फैलाउने काम गरेपनि यस्ता विश्वसनीय हतियार बनाउनेहरु भने कला, विज्ञान र सिर्जनामा पुरै अनुभव हासिल गरेका हुन्छन् ।

१ मिखाईल क्लाश्निकोव– (एके–४७)

mikhail_1449949726

लेफ्टीनेन्ट जनरल मिखाइल क्लाश्निकोव रुसी सैन्य इन्जियिनर तथा आविष्कारक थिए । पुरै संसारले उनलाई एके–४७ राइफलको निमार्ण र विकासका लागि संझन्छ । सन् २००४ मा संसारभरका ५ सय मिलियन बन्दूकमध्ये १ सय मिलियन क्लाश्निकोवकै सिर्जनाका उपज थिए । त्यसमध्ये ७५ मिलियन एके–४७ थिए । सन् १९४६ देखी १९४८ को बीच डिजाईन गरिएको एके–४७ विश्वसनीय र सस्तो भएका कारण खतरनाक हतियारका रुपमा चिनिन्छ । क्लाश्निकोवले आफ्नो करियरमा झन्डै १ सय ५० साना हतियारका मोडल डिजाईन गरेका थिए ।

यूजेन स्टोनर–(एम–१६)

eugene-stoner_1449949707

अमेरिकाको इन्डियानामा जन्मिएका यूजेन स्टोनर पहिला एआर–१५ राइफल्सको विकासमा जोडिए । त्यसपछि उनले अमेरिकी आर्मीमा एम –१६ को प्रयोग गरे । उनी २० औँ शताब्दीका सबैभन्दा राम्रा हतियार डिजाईनरमध्ये एक मानिन्छन् । १९४५ मा अमेरिकाको आर्मालाईटमा काम गर्ने क्रममा उनले एआर–३, एआर–११ र एआर–१२ जस्ता ठूला र थुप्रै साना हतियार बनाए । उनले १० हतियार आर्मलाईटका लागि र १० हतियार अर्को कम्पनीका लागि बनाए ।

जोन म्यासेज ब्रावनिङ–(पिस्टल राइफल्स र सटगन्स)

john-moses-browning_14499

अमेरिकाका फायरआर्म डिजाईनर जोन म्यासेजले थुप्रै सैन्य तथा सिविल हतियार तथा अहिले विश्वमा सबैभन्दा धेरै प्रयोग हुने कार्टरिजको डिजाईन गरे । १३ वर्षको उमेर नपुग्दै बन्दूक बनाउने म्यासेजको नाम १ सय २८ बन्दुकमा उल्लेख छ । उनी २० औँ शताब्दीका सफल बन्दूक डिजाईनर मानिन्छन् ।

जोन ग्रान्ड– (एम–१ग्रान्ड)
जोन ग्रान्डले बनाएको एम१ ग्रान्ड सैनिकहरुले प्रयोग गरेको पहिलो सफल सेमी अटोमेटिक राईफल हो । सूटिङको सौखले उनलाई हतियार बनाउन प्रेरित गरेको थियो । जोनलाई सन् १९१७ मा वार डिपार्टमेन्टले लाईट मेशिनगन बनाउन छनोट गरेको थियो । १९३६ मा एम–१ ग्रान्डको ठूलो मात्रामा उत्पादनसँगै यो अमेरिकाको पहिलो स्ट्यान्टर्ड इश्यू सेमि–अटोमेटिक राइफल बनेको थियो ।

एलिफेलेडट रेमिंगटन–(रेमिंगटन राइफल)

रेमिंगटन राइफल एलिफेलेट रेमिंगटनको सिर्जना हो । उनले २३ वर्षको उमेरमै फिलंटलक राइफलको डिजाईन गरेका थिए । एक सुटिंग प्रतियोगितामा उनको हतियारको प्रयोगबाट प्रतियोगिहरु निकै प्रभावित भए । रातीसम्म उनलाई बन्दूकको धेरै अर्डर आयो । त्यसपछि उनी बिस्तारै हतियार निमार्णमा लागे ।

स्यामूयल कोल्ट–(कोल्ट रिभल्बर)
samuel-colt_1449949724

स्यामूयल कोल्ट एक अमेरिकी आविष्कारक तथा उद्योगपति हुन् । उनलाई बन्दूक बनाउने ‘हेनेरी फोर्ड’ भनिन्छ । सन् १८६२ मा निधन हुनअघि उनी अमेरिकाका सबैभन्दा धनी व्यक्तिमध्ये एक थिए । बजारलाई राम्ररी बुझेका कारण उनले कोल्ट रिभल्बरको व्यापारलाई उचाईसम्म पुर्याएर सफलता हासिल गरे ।

रिचर्ड गेटलिंग–(गेटलिंग गन)

Image result for रिचर्ड गेटलिंग–(गेटलिंग गन)
रिचर्ड गेटलिंगले औद्योगिक क्रान्तिका दौरान गेटलिंग गनको आविष्कार गरेका थिए । यो बन्दूकलाई पहिलो सफल मेसिनगन मानिन्छ । सबैभन्दा पहिला यसको प्रयोग खेतिमा प्रयोग गरिने एक मेसिनसँग गर्दा यसको स्पिड धेरै देखिन्थ्यो । पछि इलेक्ट्रोनिक मोटरसँग जोडेर यसको स्पिड बढाउने काम गरियो । इलेक्ट्रोनिक मोटरमा जोडेर चलाउँदा यसको स्पिड ३ हजार राउन्ड प्रति मिनेट थियो ।

गोरो न्यूडो मासामुने–(मासामुने तरबार)
मासामुनेलाई संसारकै सबैभन्दा खतरनाक तरबार बनाउने व्यक्तिका रुपमा चिनिन्छ । उनले पहिला जापानमा टाची र टेन्टो तरबार बनाएका थिए । उनले बनाएका तरबार राम्रो देखिन्छन् र युद्धमा पनि उस्तै खतरनाक तवरले यसको प्रयोग हुन्छ । मासामुनेले बनाएका तरबारहरुलाई जापान सरकारले सुरक्षित राखेको छ । जापानले उनका तरबारलाई राष्ट्रिय सम्पदा घोषित गरेको छ ।

सेन्गो मुरामासा–(मुरामासा तरबार)
मुरामासा सेन्गो जापानका अर्का चर्चित तरबार निर्माता हुन् । उनले बनाएका तरबारहरु सिसा जसरी चम्कन्थे । उनले विद्यार्थी जीवनबाटै तरबार बनाउन सुरु गरेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया