बिएमडब्ल्यूले फिर्ता माग्यो आफ्नो १६ लाख कार ?

५ बर्ष अगाडि

विलासी कार निर्माता कम्पनी बिएमडब्ल्यूको गाडीमा फ्लुड लिक भएका कारण आगो लाग्ने सम्भावना भएपछि कम्पनीले संसारभरीका १६ लाख गाडी फिर्ता माग्ने निर्णय गरेको छ ।

बीएमडब्ल्यूले मंगलबार गाडी फिर्ता बोलाउने निर्णय सार्वजनिक गरेको हो । बिएमडब्ल्यूका अनुसार केही डिजल वाहनका कुलेन्ट एग्जस्ट ग्यास रिसर्कुलेशन मोडलबाट लिक हुनसक्छन् । यो इमिशन रिडक्शन सिस्टमको हिस्सा हो ।

यसअघि दक्षिण कोरियामा यसवर्ष करिब ३० वटा कारमा आगो लागेको घटना सार्वजनिक भएपछि बिएमडब्ल्यूले अगस्टमा एशिया र युरोपबाट चार लाख ८० हजार कार फिर्ता बोलाउने घोषणा गरेको थियो । यद्यपी, उक्त घटनामा कोही हताहत नभएको जानकारीमा उल्लेख छ । अब यहि मेन्टेनेन्स प्रक्रियालाई अघि बढाउँदै कम्पनीले १६ लाख गाडी फिर्ता बोलाउने निर्णय गरेको हो ।

सन् २०१० देखि २०१७ का बीच बनाएका केही गाडी फिर्ता लिइएको छ । जसको कार यसबाट प्रभावित छ, कम्पनीले उनीहरुलाई सम्पर्क गर्ने जानकारी दिएको छ । अमेरिका र क्यानडामा करिब ५४ हजार सात सय गाडी यो समस्याबाट प्रभावित छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया