लमजुङमा प्राधिकरणको प्रसारण लाइन चुडियो

५ बर्ष अगाडि

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन चुडिदा लमजुङको एक घरमा क्षति पुगेको छ ।

प्राधिकरणको  ३३ केभी प्रसारण लाइनको तार चुडिएको स्थानीयले बताए । तार चुडिँदा एक घरमा क्षति पुगेको छ ।

स्थानीय घेर्मु, बाहुँनडाँडा हुँदै उदिपुरसम्म निर्माण भएको उक्त प्रसारण लाइनको तार चुडिँदा बेंसीसहर नगरपालिका १० भोटेफाँटका लक्ष्मण तामाङको घरमा क्षति पुगेको हो । तार गत गत असोज ३० गते चुडिँएको स्थानीयले पुष्टि गरेका छन् ।

एक्कासी तार चुडिँदा तामाङको घरमा रहेको सबै तार, मिटर, विद्युतीय उपकरणमा आगलागी भएको छ । उनका अनुसार घरका सदस्य घर बाहिर भएका कारण कुनै मानविय क्षति भने हुन पाएको छैन ।

आगलागीका कारण करिव एक लाख बराबरको क्षति पुगेको छ ।’ तामाङले भने, घर माथिबाट तार टाँगिएको छ । कति बेला ठूलो दुर्घटनामा परिने हो थाहा छैन् ।’

प्रसारण लाइन निर्माणका बेला नियमअनुसार कार्य नहुँदा यस्तो घटना हुन आएको उनको दुखेसो छ । सो  विषयमा पुनः अध्ययन, अनुसन्धान र मूल्याङ्कन गरी ३३ केभी प्रसारण लाइन प्रभावितका लागि मुआब्जा र क्षतिपूर्तीको व्यवस्था गर्नुपर्छ ।

नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख दिपक दाहालले घरमा पु¥याएको क्षतिबारे अध्ययन गरिने र मापदण्ड अनुसार भए नभएको हेरिने बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया