दीपेन्द्र के. खनाल निर्देशित मल्टिस्टारर चलचित्र ‘चङ्गा चेट’ सेन्सर पास

५ बर्ष अगाडि

दीपेन्द्र के. खनाल निर्देशित मल्टिस्टारर चलचित्र ‘चङ्गा चेट’ सेन्सर पास भएको छ । 
बुधबार चलचित्र सेन्सर बोडले पिजी सर्टिफिकेट दिदै ‘चङ्गा चेट’ प्रदर्शनका लागि पास गरेको हो । अब यो चलचित्र हेर्न १६ बर्ष मुनिका दर्शकका लागि अभिभावकको साथ चाहिनेछ ।
निर्माता माधव वाग्लेले चलचित्र सेन्सर पास भएको सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक सेन्सर बोर्ड प्रति गुनासो समेत पोखरेका छन् । ‘चलचित्रको सिन पनि काट्ने र उक्त काटिएको सिनका कारण चलचित्रलाई पिजी किन ? भन्ने प्रश्न समेत निर्माता वाग्लेले गरेका छन् । 
प्रदीप भारद्वाजको लेखन रहेको चलचित्र कात्तिक १६ गतेबाट प्रदर्शनमा आउँनेछ । राजनराज सिवाकोटी, अल्मोडा राना उप्रेती र अर्जुन पोखरेलको संगीत रहेको चलचित्र निरक कँडेलको छायांकन रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया