माग्ने बुढाको व्यङ्ग्य : हामी त दशैँभरी कुर्सी बोकेर टीका लाउन हिँडियो

५ बर्ष अगाडि

काठमाडौं – यो वर्षको दशैं भर्खर सकिएको छ । तर सामाजिक सञ्जालमा यसको चर्चा भने सेलाएको छैन । 

दशैँमा टीका लगाएकादेखि विभिन्न दशैँ तस्बिरले सामाजिक सञ्जाल रंगिन छाडेको छैन । 
दशैंमा सामाजिक सञ्जालमा राष्ट्रपतिको अगाडि घुँडा टेकेर टीका थापेको तसिबर र विषयले पायो । 
राष्ट्रपति कार्यलयका पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलगायतले कुर्सीमा बसेकी राष्ट्रपति भण्डारीसँग घुँडा टेकेर वा झुकेर टीका लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल बने । यसबारे धेरै टीकाटिप्पणी पनि भइरहेका छन् । 

यो बिषयमा राष्ट्रपति कार्यालयले व्यवस्थापकीय कमजोरीले यस्तो हुन पुगेको समेत बताइसकेको छ । 

तर यस बिषयमा सामाजिक संजालमा ब्यङ्ग्य गर्ने काम भने रोकिएको छैन । 

यस्तैमा लोकप्रिय हाँस्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले यो बिषयमा गज्जबले व्यंग्य गरेका छन् । 

उनले बिहिवार (आज) प्लाष्टिकको कुर्सी हातमा बोकेको तस्विर फेसबुकमा शेयर गर्दै यस बिषयमा ब्यङ्ग्य गरेका हुन् । 

उनकी श्रीमती सीताले समेत कुर्सी बोकेको तस्बिर सार्वजनिक गर्दे उनले लेखेका छन् ‘हामी त दशैँभरी आफ्नै कुर्सी बोकेर टीका लाउन हिँडियो । कतै घुँडा टेक्नै परेन ।’

उनले यो व्यंग्य सिधै राष्ट्रपति कार्यालयबाट बाहिरिएका तस्वीरहरुलाई लक्षित गर्दे गरेका हुन् । 
राष्ट्रपति कार्यालयमा कुर्सी व्यबस्थापन नहुँदा केहि बिशिष्ट व्यक्तिहरुले हदैसम्मको आलोचना खेपिरहेका बेला केदारको यो व्यंग्य राष्ट्रपति कार्यालयमाथी रहेको बुझ्न सकिन्छ ।

केदार पछिल्लो समय सानो पर्दा भन्दा पनि ठूलो पर्दामा देखिने गरेका छन् । उनी अभिनित पछिल्लो चलचित्र ‘छक्का पञ्जा ३’ यतिबेला तेश्रो हप्तामा प्रदर्शन भइरहेको छ । चलचित्रले अहिलेसम्म १३ करोड बढी ब्यवसाय गरेको निर्माण युनिटको दाबी रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया