मुम्बईमा धनगढी क्रिकेट एकेडेमीको रोचक जित

५ बर्ष अगाडि

धनगढी- भारतको मुम्बईमा धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले आज मुम्बई पुलिसको १७ वर्षमुनिको टिममाथि १० रनको रोचक जित हात पारेको छ । 
आज मुम्बईको जिमखाना खेल मैदानमा टस जितेर ब्याटिङ राजेकोे डिसिएले निर्धारित ४० ओभरको खेलमा आठ विकेट गुमाएर १६५ रन बनाएको थियो । आफ्नो टिमलाई जिताउन डिसिएका रोहन विकले २७ बलमा सर्वाधिक ४२ रन तथा सोनु मण्डलले ३३ रन, कप्तान सुवोध ऐरले २७ रन, राजन लोहनीले छ र सन्दिप आउजीले पाँच रनको योगदान दिए । 
बलिङ गर्दै मुम्बई पुलिसका जेनिथ सर्हदेव, कुश जैन र धनित रावतले समान दुई÷दुई विकेट लिएका थिए । एकसय ६६ रनको विजयी लक्ष्य पछ्याउन जवाफी मैदानमा उत्रेको मुम्बई पुलिस टिम ३४ ओभरमा अलआउट हुँदै १५५ रनमा समेटिएको थियो । 
मुम्बईका आर्यनले सर्वाधिक ५१ रन बनाए पनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै ऋषिभेष मोरेले २६ र अभिषेक यादवले १२ रन बनाए । मुम्बईलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा डिसिएका विनोद विष्टले सर्वाधिक चार विकेट लिए । कुश मण्डलले तीन, सोनु मण्डल, निशान पन्त र राजन लोहनीले समान एक÷एक विकेट लिँदै आफ्नो टिमलाई पहिलो जित दिलाउन सफल भए । दश दिनका लागि मुम्बई भ्रमणमा रहेको १७ वर्षमुनिको डिसिए टोलीले अझै चार वटा एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न बाँकी छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया