पोखरा पल्टनले दियो विराटनगर टाइटन्सलाई १९८ रनको लक्ष्य

५ बर्ष अगाडि

पोखरा– नेपालमा आयोजित टी–२० क्रिकेटको ठुलो धनराशिको प्रतियोगिता पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई १९८ रनको लक्ष्य दिएको छ । २० ओभरको खेलमा पोखरा टाइटन्सले १९७ रन बनाएको हो । 
विराटनगर टाइटन्सले टस जित्दै पोखरा पल्टनलाई ब्याटिङको निम्तो दिएको थियो ।
वनोद भण्डारीले ११ बलमा ४१ रनको विष्फोटक ब्याटिङ गर्दै पोखरा पल्टनलाई उक्त लक्ष्यमा लगेका हुन् । शरद भेषवाकरको कप्तानीमा पोखरा र सन्दीप लामिछानेको कप्तानीमा विराटनगर मैदानमा उत्रिएका हुन् ।
यस प्रतियोगिताको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने घेषणा गरिएको छ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरूलाई भिजी अटोमोबाइल्सबाट सुजुकी जिक्सर १५५ सिसी मोटरसाइकल प्रदान गरिने बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया