साताको पहिलो दिन सेयर बजारमा १३.६२ अंकको गिरावट

५ बर्ष अगाडि

पहिलो त्रैमास सकिदा पनि सेयर बजारमा रौनक फर्कन सकेको छैन । दशैपछि बजार बढ्ने आशमा रहेका लगानीकर्तालाई सेयर बजारले निरन्तर निराश बनाउँदै गएको छ । उसो त बैंकमा तरलता अभाव देखिन थालेको छ त्यसले पनि सेयर बजारमा असर पार्ने गर्छ । 

साताको पहिलो दिन (आइतबार) सेयर बजारमा १३.६२ अंकको गिरावट आएको  छ  ।  यस दिन ३२ करोड ६४ लाख ३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा १६० कम्पनी सामेल भए । होटल समुह बाहेक  सबै सुचकमा गिरावट आएको छ । होटल समुह भने झिनो आंकले (०.११) बृद्धि भएको छ ।  

यस दिन ग्लोबल आइएमइ बैंकको २ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  यता प्रभु बैंकको २ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेयर कारोबारमा बाणिज्य बैंकहरु अग्रस्थानमा देखिएका छन् । तेस्रो बढी कारोबार हुनेमा एनआइसी एसियाको २ करोड २ लाख रहेको छ । जनता बैंक, मेगा बैंक र एनएमबी बैंकको पनि सेयर कारोबार बढी छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया